Admission Open For PCL Nursing 2077|2078

CTEVT बाट सम्बन्धन प्राप्त यस ओएसिस मेडिकल कलेजमा शैक्षिक सत्र २०७७/०७८ का लागी  PCL Nursing (स्टाफ नर्स) मा नयाँ भर्नाको लागी मिती २०७७/०५/२६ गते देखि मिति २०७७/०६/१५ गते सम्म निवेदन दिनुहुन सम्बन्धित सबैका लागि जानकारी गराईन्छ।

आवश्यक न्यूनतम शैक्षिक योग्यत

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहकोपरीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत अंक प्राप्त वा स.एल.सी. उत्तीर्ण भईपरिषद्वा त्रिभुवन विश्वविद्यालयबाट यस बमोजिम संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एस.एल.सी.को कुल पूर्णाङ्कमा क्रमशः ६८.३३ र ६६.६७ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको ।
  • अक्षराङ्कन पद्धती लागु भएपछीको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनतम ‘C’ ग्रेड प्राप्त र समग्र ग्रेड Grade Point Average (GPA) –  न्यूनतम 2 प्राप्त ।

आवेदन फाराम भर्ने तथा बुझाउने सम्बन्धी विवरण:

१. भर्ना प्रकृया शुल्क: रु.८००/-

२. फाराम बितरण मिति: २०७७ भाद्र २६ गते शुक्रवार देखि ।

३. फाराम बुझाउने अन्तिम मिति: २०७७ आश्विन २५ गते सम्म ।

४. फाराम पाइने र बुझाउने स्थान: फारम डाउनलोड गर्न यहा क्लीक गर्नुहो डाउनलोड गरि भरिएको फरम लाई यस कलेजको कार्यलयमा अथवा ईमेल ठेगाना: [email protected] मा पठऊनुहोस।



विस्तृत जानकारीको लागि कलेजको प्रशासनमा सम्पर्क गर्नुहोला ।

सम्पर्क :
ओएसिस मेडिकल कलेज टिचीङ्ग हस्पिटल प्रा.लि
भरतपुर, चितवन
फोन नं ०५६—५३३४७२, ०५६—५३०५७७